बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ

सेयर गर्नुहोस्

बारा, मंसिर १५ गते ।

बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा खसी भनेर बाख्रा बेचेर ठगि गर्ने एक जना पक्राउ परेका हुन् ।

स्थानिय मिश्री देवानले संचालन गरेको मुस्कान सप्लायर्स एण्ड फ्रेस हाउसमा प्रहरीले छापा हान्दा बाख्राको मासुमा खसीको अण्डकोष चाटेसर बेचेको पाइएको थियो ।

उपभोक्ताहरुको व्यापक गुनासो आए पछि ईलाका प्रहरी कार्यालय जीतपुर र सिमराको टोलीले छापामारेको थियो । उपभोक्तालाई खसी भनेर बाख्रा बेचेर ठगि गर्दै आएका देवान सहित बाख्राको मासुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।