बाराको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ

सेयर गर्नुहोस्

बारा, कार्तिक २३ गते ।

बारा जिल्लाको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ  परेका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका-११ भगवानपुर गाउँबाट५ जना हतियारधारी समूहलाई सिम्रौनगढको प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका पाँच जनाको साथबाट २ थान पेस्तोल र १० राउन्ड गोली बरामद भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीनिरीक्षक रविभूषण यादवले बताउनु भयो ।

पक्राउँ पर्नेमा बारा सिम्रोनगढ नगरपालिका . वडा नं.११ भगवानपुर बस्ने बर्ष ४० को उपेन्द्र पटेल ,बर्ष २७ को धिरेन्द्र पटेल,बर्ष ६२ कोरुपलाल पटेल ,जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.२ बस्ने .बर्ष ४४ को राजमंगल पटेल र बर्ष ८० को सोभा राउत रहेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बिशेष सुचनाको आधारमा गएकोप्रहरीको टोलीले उपेन्द्र पटेलको घरबाट सो परिमाणको हातहतियार लुकाईपछपाई राखेको अवस्थामा बरामद गरेको थियो ।