जितपुरका कराँते खेलाडीद्धारा जीतपुरको विभिन्न मन्दिरको सरसफाइ

सेयर गर्नुहोस्

बारा, असोज २७ गते ।

हिन्दुहरुको महान् पर्व बडा दशैंको आगमनको उपलक्ष्यमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका मठ मन्दिरहरुको सरसफाइ गरिएको छ।

नेपाल सितोरियो करांते शाखा डोजो जितपुरको आयोजनामा खेलाडीहरुले मन्दिर प्राङ्गणको सरसफाइ गरेका हुन् । खेलाडीहरुले स्थानिय गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका मन्दिर र आसपासको क्षेत्रको सरसफाइ गरेका हुन् ।

समाजप्रतिको उत्तरदायित्व दर्शाउँदै करांते खेलाडीहरुले सरसफाईको काम गरेका हुन् प्रशिक्षक मनोज कुमार साहले बताए । खेलले खेलाडीहरुलाइ समाज र संस्कृतिकसँग जोड्दा उनिहरुमा अनुशासन बढ्नुका साथै समुदायप्रतिको उत्तरदायित्व पहिचान गर्नै क्षमताको विकास हुन्छ प्रशिक्षक साहले भने ।