लायन्स क्लब अफ जीतपुर युथद्धारा धार्मिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस्

बारा, असोज २७ गते ।

विजया दशमी एवं असोज २८ गतेबाट सुरु हुने हिन्दुहरुको नवरात्री पुजाको उपलक्ष्यमा लायन्स क्लब अफ जीतपुर युथले जीतपुरको बिभिन्न धार्मिक स्थलहरुमा सरसफाई गरेको छ ।

क्लबले छातापिपरा स्थित रहेको गढिमाई मन्दिर, जीतपुर केराढोका स्थित रहेको बंगालिबाबाको मठ र जीतपुर दुर्गा पुजा पण्डालमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाई गरेको हो ।

घटस्थापना देखी भक्तहरुको भिडभाड हुने स्थानहरुमा भक्तहरुलाई फोहोरबाट बचाउने अभियान बोकेर हिनेको लायन्स क्लब अफ जीतपुर युथले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । र क्लबको सरसफाई कार्यक्रम निरन्तर चलिरहने क्लबका अध्यक्ष दिपक गुप्ताले बताउनु भयो ।