चितवनको माडीमा करेन्ट लागेर युवाको मृत्यु

सेयर गर्नुहोस्

चितवन,असोज २५-

चितवन जिल्लाको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका २८ वर्षिय बिकल्प सुवेदीको घाँस काट्ने क्रममा करेन्ट लागेको मृत्यु भएको हो ।

बन्यजन्तुलाई बस्ती पस्नबाट रोक्नका लागि राखिएको सोलार फेन्समा करेन्ट लागेर बिहीवार साँझ सुवेदीको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका सुवेदीको उपचारका लागि बसन्तपुरस्थित बघौडा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । अस्पतालले साँझ ८ः३० बजे मृत घोषणा गरेको थियो । मृतक सुवेदीको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।