रहेनन् जीतपुरसिमराका पुर्व मेयर कृष्ण पौडेल

बारा, असाोज २५ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पुर्व मेयर कृष्ण प्रसाद पौडेलको निधन भएको छ । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित आन्तरिक राजस्व कार्यालयको अगाडि रहेको उनको आफ्नै घरमा उनि मृत फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सम्म परिवार संग सम्पर्कमा आएका उनी एकासी सम्पर्क बिहिन भएका थिए । उनी संगै घरमा बस्दै आएका उनका परिवार केही दिन पहिलै काम विषेशले काठमाडौं गएका थिए ।

केहि दिन देखि एक्लै घर बस्दै आएका उनी आफ्नै खांट (बेड) मा सुतिरहेकै अवस्थामा उनको मृत शरीर फेला परेको छ । पुर्व मेयर पौडेल सम्पर्क बिहिन भएपछि परिवारका सदस्यहरू काठमाडौंबाट घर फर्केर घर भित्र जादा उनी कोठाको खांटमा सुतिरहेकै आसनमा मृत अवस्थामा थिए ।

बुधबारबाट सम्पर्कमा नआएका उनको हृदयाघातबाट मृत्यु भएको हुन सक्ने आसंका गरिएको छ । शवको अवस्था हेर्दा उनको मृत्यु बुधबारनै भएको हुन सक्ने आसंका गरिएको छ ।

घट्ना थाहा भएपछि जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराको टोली घटना स्थलमा पुगी मुचुल्का उठाई घटनाको थप अनुसंधान गरिरहेको छ ।

पुर्व मेयर पौडेल २०७४ को स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट मेयर पदमा निर्वाचित भएका थिए ।