जन कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कडेंल चयन

बारा, असोजगते

जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको बाराकोजीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर स्थित रहेको बकुलिया क्याम्पसको सभाहलमा संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो

जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरका अध्यक्ष गोपाल सिंह कडेंलको अध्यक्षतामा सम्पन्न भएको १८ औं साधारणसभाको प्रमुख अतिथि मधेद प्रदेशका प्रदेशसभा सदस्य देवनारायण चौधरी रहनुभएको थियो प्रमुख अतिथि चौधरीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रममो उद्घाटन गर्नुभएको थियो

प्रमुख अतिथि तथा अतिथिहरू पानसमा दिप बाल्दै

संस्था स्थापना भएको १८ वर्ष पुरा भएसँगै १८ औं साधारणसभामा सम्पन्न गर्दै संस्थाले आफ्नो प्रगति विवरण सहित अर्थिक प्रतिवेदन पेस गरेको थियो संस्थाको तर्फबाट सोही संस्थाका सचिवमा कपिलदेव प्रसाद यादवले प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादवले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो

आर्थिक वर्ष २०८०/८१ मा शेयर सदस्यको संख्या १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख थियो भने संस्थाको सम्पुर्ण पल्र्स सुचक लक्ष्य अनुरुपनै रहेको प्रतिवेदनमा उल्लेख थियो

संस्थाले गत वर्षको भन्दा यस वर्ष करिब २० लाख ५३ हजार भन्दा बढि नाफा गरेको जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले गत वर्ष  ९१ लाख ६७ हजार ५८ रुपैया नाफा गरेको थियो भने यस २०७९/८० अर्थिक वर्षमा करोड १२ लाख २० हजार साय २९ रुपैया नाफा गरेको आर्थिक प्रतिवेदनमा प्रस्तुत गरिएको थियो

संस्थाको १८ औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य देवनारायण चौधरीले जन क्लयाण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले जनताको वास्तबमै कल्याण गरेको बताउनु भएको थियो आफुले यस संस्थालाई विगतका दिनजस्तै अगामि दिनमा पनि आफुले सक्दो सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो साथै उँहाले संस्थाका शेयर सदस्यहरुलाई एउटै सहकारीमा आबद्ध भैइ आफ्नो आर्थिक कारोबार गर्न जोड दिनुभएको थियो

साधारणसभामा १० उत्कृष्ट शेयस सदस्य, जना उत्कृष्ट कर्मकारी जना उत्कृष्ट पत्रकारलाई सम्मान गरिएको थियो कार्यक्रमको सहजिकरण संस्थाका सहप्रबन्धक आत्माराम अधिकारीले गर्नुभएको थियो

उत्कृष्ट पत्रकारको सम्मान ग्रहण गर्दै

त्यसै गरि जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले साधारणसभा संगै अधिवेशन पनि सम्पन्न गरेको थियो अधिवेशनबाट वर्षका लागि संचालक समितिको अध्यक्षमा पुनः गोपाल सिंह कडेंल, उपाध्यक्षमा गणेश जी प्रसाद सा कलवार, सचिवमा कपिलदेव प्रसाद यादव, कोषाध्यक्षमा किरणप्रकाश गिरी, सदस्यमा सुश्री विद्या महर्जन, मुन्नी कुमारी न्यौपाने, रमन प्रसादचौधरी सर्वसम्मत रूपमा चयन भएका छन् यता लेखा सुपरिवेक्षण समितिको संयोजकमा श्याम कृष्ण सुवेदी, सदस्यमा कल्पना थापामगर, अशोक प्रसाद यादवलाई वर्षका लागि चयन गरिएको

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर का वडा अध्यक्ष दिपेन्द्र चौधरी, जीतपुरसिमरा उपमहानगरको सहकारी विभाग प्रमुख सुधन चौधरी, रा.. सहकारी बैक सिमराका प्रमुख सुरेश लागे, डा. रिवन्द्र सिंह, समाज सेवी डमरू कामी, पुर्व गाविस अध्यक्ष चिरनजिवि भक्त पौडेल, नरेश महरा लयागतको उपस्थिति रहेको थियो