बाराको पथलैयाबाट ५१ लाख बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

सेयर गर्नुहोस्

बारा, असोज गते

बाराको पथलैयाबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब २:३० बजेको समयमा प्रहरीले अन्दाजी ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

पथलैयाबाट खटिएको प्रहरीको  विशेष टोलीले विशेष सूचनाको आधारमा विरगंजबाट रुपन्देही तर्फ जादै गरेकोवा.प्र.-०३००१..२३११ नं.को ट्रक रोकी चेक जाँच गर्दा विलबिजक भन्दा ५१ लाख ४६ हजार सय २४ रूपैया बढीको खुद्रासामानहरु फेला परेको थियो

खुद्रा सामानहरु सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको