अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी

सेयर गर्नुहोस्

काठमाडौँ,भदौ २८ ।

बैतडीमा अज्ञात समूहले एक विद्यालयमा आगजनी गरेको छ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी भएको हो । आगजनी गर्ने समूहले कार्यालयको कोठामा रहेका कागजपत्र जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिनु भयो ।

प्रधानाध्यापक लेखकका अनुसार रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ । ‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए’, उनले भने,’आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन।’

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ।