लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

सेयर गर्नुहोस्

काठमाडौं,भदौ २६

चर्चित लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको मंगलबार बिहान निधन भएको हो ।

पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए ।

पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।