जीतपुरसिमरा उपमहानगरले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै पर्यो निवेदन

बारा, असार ११ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै निवेदन परेको छ । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको भन्दै यसलाई खारेज गर्न निवेदन परेको हो ।

कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको हुदा नगरपालिकालाई करोडौ रकमको नोक्सानी हुने भएको भन्दै १५ जनाले संयुक्तरुपमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई निवेदन बुझाएको छन् ।

कर्मचारीको मिलोमतोमा नियोजीत रुपमा खोलिएको टेण्डर अविलम्ब खारेज गरी नँया प्रक्रियाबाट पारदर्शीरुमा बोलपत्र आह्वान प्रक्रिया अगाडी बढाउन उपमहानगरपालिकामा निवेदन दर्ता गराइएको निवेदकहरु मध्येको राजुराज गिरिले बताउनु भयो ।

घनश्याम गिरि, असलम देवान, सरोज पटेल, शेखर भण्डारी, राजुराज गिरि, संतोष कुशवाहा, तरुन सहनी, फैज आलम अंसारी, कपुर राज पुरी, योगेन्द्र महतो, ओमप्रकास गुप्ता, मुगलेआजम मंसुर, कृष्णा गुप्ता, राजेश गिरि र रामबाबु पटेलले संयुक्तरुपमा जीतपुरसिमरा उपमहानगरपालिकामा निवेदन बुझाएका हुन् ।

निवेदन परे पछि जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले यसमाथी छानविन गरेर अगाडि बढ्ने बताएका छन् ।