विदेश पठाईदिन्छु भन्दै सर्वसधारण संग करोडौ ठगी गर्ने बाराका बिजय कुमार पक्राउ

सेयर गर्नुहोस्

बारा, जेष्ठ २५ गते ।

विदेश पठाई दिन्छु भन्दै करोडौ ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको बारागढि गाँउपालिका १ का बिजय कुमारलाई १ करोड १० लाख ८७ हजार रुपैयाँ ठगी गरेको अभियोग पक्राउ गरेको हो ।

पिडितहरुले जिल्ला प्रशासन कार्यालय बारामा ठगी गर्ने विजयलाई कारवाही गरि पाउँ भनि दिएको निबेदन दिएपछि विजय कुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।

विजय कुमारले विदेशको बिभिन्न ठाउँमा राम्रो काममा पठाई दिन्छु भन्दै ठगि गरेको भन्दै ३७ जना पिडितले मुदा दर्ता गराएका थिए । उनलाई ठगी मुदामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।