बाराः २० दिनको नवजात छोराको हत्या गर्ने बाबु पक्राउ

एस.एस. पटेल, बारा जेष्ठ २५ गते ।

बारामा आफ्नो २० दिनको नवजात बच्चाको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेका छन् । जिल्लाको देवताल गाँउपालिका वडा नम्बर ४ पिप्राढीका २४ वर्षि नुर आलम अंसारीलाई बारा प्रहरीले पक्राउ गरेका हो ।

नुर आलम अंसारीको श्रीमती कलमा खातुनको कोखबाट गत वैशाख २६ गते जन्मेको छोराको हत्या गरेको अरोपमा बारा प्रहरीले आलमलाई काठमान्डौको कलकींबाट उप्त्याका अप्रधा अनुसन्धान काठमान्डौको सहयोगमा प्रकाउ गरि बारा ल्याएको हो । कामको सिलसिलामा काठमान्डौ बासोबास गर्दै आएका आलम छोरा जन्मेको ८ दिन पछि घर आएर कलमा खातुनको कोखबाट जन्मेको बच्चा आफ्नो नभएको भन्दै श्रीमतीलाई कुटपिट समेत गरेका थिए ।

आलम घर आएको १२ दिन सम्म घरमा सामान्य किसिमको झैझग्दा हुदै आएको थियो । आलम घर आएको १२औँ दिन अर्थात जेष्ठ १४ गते आलमकी श्रीमती घरायसी काममा व्यस्त हुदा २० दिनको नवजात छोरा सुतिरहेको अवस्थामा बच्चाको बाउ अर्थात नुर आलम बच्चा सुतिरहेको कोठामा गई बच्चाको नाक मुख थिची नवजात बालकलाई मारेका थिए ।

आलमले आफ्नै २० दिनको छोराको नाकमुख थिच्दा बालक कराए पछि आलम घर बाट बाहिर भागेका थिए बच्चा कराएको सन्दा आमा कलमा खातुन बच्चा सुतिरहेको कोठामा पुग्दा बालकको नाक र मुखबाट रगत निस्कि अचेत अवस्थामा देखे पछि परिवारको सहयोगमा उपचारको लागि अस्पताल लग्दै गर्दा बाटोमै भएको थियो ।

यो घटनालाई ढाकछोप गर्दै बालकको बुवा आलमले आफ्नो छोरालाई बोक्सीले टुनामुना गरेर मारेको भन्दै आफै रोइकराइ रहेका थिए । यस घटनालाई सामान्य रुपले दिएर मुस्लिम परमपरा अनुसार बालकको दाह संस्कार (गाडेको) गरियो । घटना पछि श्रीमती खातुन आफ्नो माइत र श्रीमान आलम पुनः काममा काठमान्डौ फर्किएका थिए ।

घटनाको केही दिनपछि माइत गएकी श्रीमती खातुनलाई आलमले फोन गरेर २० दिनको छोरालाई आफुले नाक मुख थिचेर मारेको बताउदै खातुनलाई पनि मार्ने धम्कि दिएपछि घटनाको रहस्य खुलेको थियो ।

श्रीमानले फोनमा गरेको कुराकनीको अडियो रेकर्ड सहित जिल्ला प्रहरी कार्यालय बारा पुगेर कलमा खातुनले जाहेरि दिएकी थिन । जाहिरी पश्चात प्रहरीले अप्रधान अनुसन्धान काठमान्डौको सहयोगमा आलमलाई काठमान्डौबाट पक्राउ गरि जिल्ला अदालतबाटबाट म्याद थप गरि अनुसन्धान गरिहेको छ । मुस्लिम परामपरा अनुसार दाह संस्कार गरिएको बालकको शवलाई कबृस्तानबाट निकाली पोष्टमार्टम गरेर शवलाई पुन परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबेन्द्र बोगटीले बताउ भयो ।

https://youtu.be/-N3qNIht2U8