निजगढ कांग्रेस नगरसभापतिमा घम्साघम्सी, सहमति कि निर्वाचन?

निजगढ कांग्रेस नगरसभापतिमा घम्साघम्सी, सहमति कि निर्वाचन?
स्पर्श खबर जितपुर बारा असाेज ७ गते:
नेपाली कांग्रेस निजगढ नगरसभापति पदका लागि सूर्य घलान र ज्ञानबहादुर गोलेबीच प्रतिस्पर्धा चर्किएको छ। आज भइरहेको नगरस्तरीय बैठकमा दुवै पक्षलाई सहमतिमा ल्याएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि दुवै जना आफ्नो दाबीबाट पछि हटेका छैनन्।


स्थानीय रमेश श्रेष्ठका अनुसार सहमतिको प्रयास जारी रहे पनि वातावरण अझै टुंगोमा पुगेको छैन। अब निजगढ कांग्रेसमा निर्वाचन हुने हो कि सर्वसम्मत नेतृत्व चयन हुन्छ, त्यसको निर्णय बैठकले गर्नेछ।


यसैबीच कांग्रेस कार्यकर्ताबीच पनि नेतृत्व चयनलाई लिएर चासो बढेको छ। सहमति नजुटे आन्तरिक विवाद थप चर्किने हो कि सहमतिमै नेतृत्व टुंगिने हो भन्ने विषय अहिले कार्यकर्ताको मुख्य चासो बनेको छ।