जितपुरमा असोज ९ गते भव्य बलभद्र भगवानको पूजा, कलवार समुदायलाई प्रसाद ग्रहण गर्न अपिल

जितपुरमा असोज ९ गते भव्य बलभद्र भगवानको पूजा, कलवार समुदायलाई प्रसाद ग्रहण गर्न अपिल
मनाेज शाह जितपुर बारा असाेज ४ गते:

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित कलवार कल्याण समितिको आयोजनामा कलवार समुदायका कुलदेवता बलभद्र भगवानको पूजा यस वर्ष पनि भव्य रूपमा गरिने भएको छ।


कलवार कल्याण समितिका अध्यक्ष कन्हैया प्रसाद कलवारका अनुसार पूजाका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पूजाको सम्पूर्ण तयारी कलवार कल्याण समितिको आफ्नै जग्गामा भइरहेको छ।
पूजा समितिका अध्यक्ष प्रभु शाह कलवारका अनुसार असोज ९ गते शुक्रबार बिहान ७ बजे शोभायात्रा, बिहान साढे ७ बजे आरती तथा पूजा र बिहान ११ बजे प्रसाद वितरण तथा भोज आयोजना गरिनेछ।


वर्षौंदेखि हुँदै आएको बलभद्र भगवानको पूजालाई यस वर्ष पनि धुमधामका साथ मनाउने तयारी गरिएको आयोजकले जनाएको छ। पूजा समितिले कार्यक्रमका लागि कलवार समुदायबाट चन्दा संकलन गरिरहेको जनाएको छ।
अध्यक्ष कन्हैया प्रसाद कलवारले कलवार समुदायका सम्पूर्ण सदस्यलाई पूजामा सहभागी भई प्रसाद ग्रहण गर्न अपिल गरेका छन्।