हिस्टुन बाराको अध्यक्षमा सत्येन्द्र यादव सर्वसम्मत, शिक्षकका माग पूरा गर्न थप पहल गर्ने प्रतिबद्धता

हिस्टुन बाराको अध्यक्षमा सत्येन्द्र यादव सर्वसम्मत, शिक्षकका माग पूरा गर्न थप पहल गर्ने प्रतिबद्धता
स्पर्श खबर जितपुर बारा भदौ २९ गते:

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) बाराको अध्यक्षमा सत्येन्द्र प्रसाद यादव सर्वसम्मत चयन भएका छन्।
शनिबार कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न जिल्ला भेलाले यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
ओमप्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भेलाबाट महिला उपाध्यक्षमा ज्योति उपाध्याय पौडेल, पुरुष उपाध्यक्षमा सञ्जीवकुमार उपाध्याय, सचिवमा जयशिव पण्डित, सहसचिवमा सन्तोषकुमार चौरसिया र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा राजेश तिवारी, कन्हैया साह, सुशील पण्डित, डा. रमेशकुमार झा, राम रावत र शम्भु गुप्ता चयन भएका छन्।भेलाले शिक्षकका पेसागत हकहित तथा बाँकी मागलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। सहभागी वक्ताहरूले विगतदेखि थाती रहेका माग पूरा गर्न शिक्षकहरू एकताबद्ध भएर थप पहल गर्नुपर्नेमा जोड दिए।
भेलामा जिल्लाका विभिन्न विद्यालयबाट ४० भन्दा बढी साविक उच्च माध्यमिक तहका शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।