नुवाकोटमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक लाइन तयारी, बालाजुतर्फको काम सम्पन्न

नुवाकोटमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक लाइन तयारी, बालाजुतर्फको काम सम्पन्न
काठमाडौं भदौ ११ गते:

नुवाकोट जिल्लामा बाढीका कारण क्षतिग्रस्त विद्युत् लाइनलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। त्यसका लागि बालाजु–त्रिशूली ६६ केभी प्रसारण लाइनलाई ११ केभी मनमैजु फिडरमार्फत चार्ज गर्ने कार्यअन्तर्गत बालाजु सबस्टेशनतर्फको आवश्यक काम सम्पन्न भएको छ।


लोड व्यवस्थापनका लागि मनमैजु फिडरमा रहेको सम्पूर्ण विद्युत् भार विष्णुमती तथा थापागाउँ फिडरमा स्थानान्तरण गरिएको छ।
नुवाकोटतर्फको आवश्यक प्राविधिक काम सम्पन्न भएपछि बालाजु–त्रिशूली ६६ केभी लाइनमार्फत समेत विद्युत् आपूर्ति सञ्चालन गर्ने तयारी गरिएको छ।
बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्न वैकल्पिक व्यवस्थामार्फत काम अघि बढाइएको हो। सम्बन्धित प्राविधिक कार्य पूरा भएपछि नुवाकोटमा विद्युत् आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ।