दुर्घटना न्यूनीकरणका लागि सचेतना: जितपुर क्षेत्रमा तीन बोर्ड स्थापना
मनोज साह जितपुर बारा बैशाख ६ गते :राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला सचिव अमरनाथ यादवले जितपुर एरियामा दुर्घटना न्यूनीकरणका लागि तीन वटा होल्डिङ बोर्ड निर्माण गरेका छन्। बारम्बार दुर्घटना हुने जोखिमयुक्त स्थानलाई लक्षित गर्दै यी बोर्डहरू राखिएको जनाइएको छ।
जितपुरका दुई विभिन्न स्थानमा तथा नितनपुरको मोडमा एक गरी जम्मा तीन ठाउँमा होल्डिङ बोर्ड जडान गरिएको हो। बोर्डमार्फत सवारी चालक तथा सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
स्थानीय बासिन्दाले यस्तो पहलले सडक सुरक्षा प्रति सचेतना बढ्ने र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरेका छन्।