कलैया–मटरिया सडक निर्माणका लागि युवाहरूले सुरु गरे हस्तान्तरण अभियान

कलैया–मटरिया सडक निर्माणका लागि युवाहरूले सुरु गरे हस्तान्तरण अभियान

स्पर्श खबर जितपुर बारा कार्तिक ६ गते।
कलैया–मटरिया सडकको दयनीय अवस्थाले त्रस्त बनेका स्थानीय युवाहरूले अहिले सडक निर्माण र मर्मतका लागि जनअभियान हस्तान्तरण सुरु गरेका छन्। लामो समयदेखि पानी, हिलो र खाल्डाखुल्डीले भरिएको सडकमा आवतजावत गर्न मुस्किल भएपछि युवाहरू आफैं अघि सरेका हुन्।

सडकको अवस्थाले कहिलेकाहीँ सवारी साधन नै हिलोमा फसेर पल्टिने अवस्था आएको छ। स्थानीयहरूका अनुसार, गत साता एउटा मालवाहक ट्रक सडकमा हिलोमा फसेर पल्टिएको युवा सहर पटेलले बताए।जसका कारण आवागमन पूर्ण रूपमा बन्द भएको थियो।

यस समस्याप्रति स्थानीय निकाय र सम्बन्धित निकायहरूको ध्यान नपुगेपछि युवाहरूले स्वेच्छिक रूपमा सडक सुधार हस्तान्तरण अभियान सञ्चालन गरेका हुन्। उनीहरूले बस्तीका बासिन्दासँग सुझाव र समर्थन जुटाउँदै सडक निर्माणका लागि हस्तान्तरण अभियान सुरु गरेका छन्।

अभियानमा सहभागी एक युवाले भने, “हामीले धेरै पटक निवेदन दिएँ, तर कुनै कारबाही भएन। अन्ततः हामीले आफैं सडक बनाउन पहल सुरुवात गरेका छौं।”
कलैया–मटरिया सडक क्षेत्र बारा जिल्लाको एक व्यस्त र महत्वपूर्ण मार्ग हो, जसले कलैया बजार, मटरिया र आसपासका गाउँहरूलाई जोड्छ। युवाहरूको सक्रियता र सामुदायिक एकताले यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।