बहुवरी बाट उदार भएको गर्भवती महिलाले जन्माइन छोरी

स्पर्श खवर जितपुर बारा असोज १४ गते

बहुवरी बाट उदार भएको गर्भवती महिलाले जन्माइन छोरी

२०८२ असोज १४ गते मंगलबार बेल्का ५.२३ बजे नारायणी अस्पताल मा छोरी जन्मएकी छिन, असोज ११ गते शनिबार राती ९ बजे वडा प्रहरी कार्यालयको प्र.स,नी भुलेंद्र गिरि ज्यु र आश्रमका अभिभावक तथा सामजिक अभियन्ता प्रकाश थारु ज्युले मानवसेवा आश्रम बिरगंज शाखामा आफ्नो नाम, थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३० की गर्भवती महिलालाइ आश्रममा ल्याई दिनु भएको थियो !!

आज असोज १४ गते बेलका ४ बजे आश्रममा पेट दुखे पछि नारायणी अस्पतालमा लागिएको र बेलका ५. २३ बजे एक जना नानी लाइ जन्मदिनु भएको मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यूले जानकारी दिनु भयो!!

अस्पतालमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू,मानवसेवा आश्रमका अभिभावक-सामाजिक अभियन्ता प्रकाश थारुज्यू, सामजिक अभियन्ता पिया सिंह ज्यु, आश्रमको केन्द्रिय सदस्य बिबेक महतो ज्यु, आश्रमका स्वयंसेवकहरु बिकाश माली, अंशु छेत्री, संगीता परियार, आश्रममा सेवरत प्रहरी जवान नगेश्वर यादव, ओम कुमार झा, दिपेन्द्र चौधरी ज्यु को उपस्थिति रहेको थियो !! साथै सुन्दर समन्यवको लागि आदरणीय हेमा थापा ज्यु सथित सम्पूर्ण अस्पतालका परिवार लाइ आभार र धन्यवाद