एसी मर्मत नगरेको झाेँकमा पसलेमाथि बाेतल प्रहार

स्पर्श खबर जितपुर बारा साउन ५ गते:

बाराको कलैया उपमहानगरपालिका–५ अस्पताल रोडस्थित एसी सर्भिस सेन्टरमा एसी मर्मत कार्य समयमा नगरेको भन्दै एक जनाले पसल सञ्चालकमाथि बियरको बोतल प्रहार गरेका छन्।

कलैया उपमहानगर -४ निवासी साहिल साहले करिब दुई वर्षअघि मर्मतको लागि दिएको स्याम्सुङ्ग कम्पनीको एसी तोकिएको समयमा मर्मत नगरिएको भन्दै सन्तोष कुमार साह सँग केहिबेर भनाभन भएको थियो।

त्यस लगत्तै दुबै जना बीच झडप हुदा साहिलले सञ्चालकमाथि टाउकोमा बियरको बोतल प्रहार गरेका हुन्।

घाइते सन्तोष कुमार साहको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा गरिए पछि उनलाई थप उपचारका लागि एल.एस. न्युरो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजय राज पण्डितका अनुसार बियरको बोतल प्रहार गर्ने साहिल साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको