जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ३ का खेलाडी  युवाहरूलाई अगाडि बढाउनको लागि खेलकुद  सामग्री हस्तान्तरण 


स्पर्श खबर जितपुर बारा असार ३१ गते:
ठाठी माई युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेकाे छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको ठाँटीमाई युवा क्लबलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयले खेलकुद समाग्री हस्तान्तरण गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा कार्यबाहक अध्यक्ष माया विकले आफ्नो वडाका युवाहरूलाई सामग्री हस्तान्तरण गरेका छ । युवाहरूको अगाडि बढाउनको सोचले उद्देश्यका साथ आफ्नो वडाहरूका सम्पूर्ण युवाहरूलाई खेलकुदमा अगाडि बढाउनका लागि यो सामग्री हस्तान्तरण गरेको कार्यबहक वडा अध्यक्ष बिकाले बताईन्।