बिवादित डिएसपिको सरूवा, सिमरामा आए युवा डिएसपि, जोशीले देखाए यस्तो जोस
मनाेज शाह जितपुर बारा जेठ २७ गते:
इलाका प्रहरी सिमराका प्रहरी प्रमुख वेदप्रसाद जोशीले स्थानीय जनता पालिका र सञ्चारकर्मी लगायत सबैसँग मिलेर काम गर्ने बताउनुभएको छ। इलाका प्रहरी कार्यालय सिमेरामा दुई दिनअघि हाजिरी हुनुभएको डीएसपी जोशीले सोमबार जिल्लाका पत्रकारहरूसँग परिचत्मक कार्यक्रम बोल्दै सो कुरा बताउनुभएको हो। पहिलोपटक मधेस प्रदेशको सिम्रामा जिम्मेवारी पाएको सुनाउँदै प्रहरी नायब उपरषक जोशीले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र अमन चयन कायम राख्न दिनरात काम गर्ने बताउनुभयो। पहिलोपटक भएपनि मधेसको बारेमा धेरै कुरा बुझेको छु। उहाँले भन्नुभयो, इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्नेछु। जनताका समस्या छिटो छरितो ढंगले निरूपण पहिलो प्रतिपदामा राख्दै सबैसँग हातेमालो गरेर समाजलाई सुशासनको प्रतिभूति गराउन आफू नचुक्ने उहाँको भनाइ थियो। यसै क्रममा नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदीले पत्रकारलाई सुराकीको रुपमा प्रयोग नगर्न सुरक्षासँगै समाज रूपान्तरणमा उनीहरूसँग हातमलो गर्न जोशीलाई सुझाव दिनुभयो। उहाँले पत्रकारहरूलाई सत्यतथ्य प्रमाणित सूचना र समाजलाई दिशा निर्देशन गर्ने समाचार लेख्न आग्रह गर्दै यसको लागि पत्रकारहरुले केही समस्या पनि डराउन नपर्ने उहाँको भनाइ थियो।। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाराका सचिव पुष्पराज खतिवडा, काेषअध्यक्ष रजन यादव पूर्व प्रदेश महासंघ सदस्य महेश्वर अधिकारी मानव अधिकार एलायन्स मधेस प्रदेशका अध्यक्ष अनिल तिवारी, अकलेश यादव , विशाल सर्फा, यश यश पटेल सञ्चारकर्मी लगायतका उपस्थित रहेको सञ्चारकर्मी मनाेज शाहले बताए ।


