रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

स्पर्श खबर जितपुर बारा जेठ ११ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो बस्ने भएको छ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतले दिएको आदेश, पछिल्लो राजनीतिक परिस्थिति, भिजिट भिसाको नाममा रकम असुली भएको प्रकरण तथा सो मुद्दामा गृहमन्त्री रमेश लेखकलगायतको संलग्नता रहेको चर्चालगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक पनि गरेको थियो।