६ केजी अबैध चाँदी बारा प्रहरीको नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा बैशाख १० गते:

“६ किलो अबैध चाँदी प्रहरीको नियन्त्रणमा”
मिति २०८२ बैशाख ०९ गते अं.१७:३० बजेको समयमा प्रहरी चौकी पथलैया बाराबाट प्र.स.नि अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंज बाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको निम्न वमोजिमको चाँदी जस्तो देखिने रेडिमेट गहना वरामद गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको व्यहोरा सूचित गरिन्छ ।
जम्मा बरामद चाँदी :-

  • बिभिन्न किसिमको गरगहना अं.६ किलो, (४ रोल) अं.मुल्य रू. १०,८०,०००/- (दश लाख असि हजार) बराबरको ।