रामनवमीको अबसरमा जितपुरमा बृहत रुपमा शोभा यात्रा निकालियो

मनाेज शाह जितपुर बारा चैत २४ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका युवाहरुले चैत्र नवमीको तिथि अर्थात रामनवमीको अवसरमा वृहद रुपमा शोभा यात्रा सहितका झाँकीहरु प्रदर्शन गर्दै नगरपालिकाको परिक्रममा गरेका छन् ।
जितपुर स्थित शन्तिटाेल खेलमैदानबाट निस्किएका शोभा यात्रा केराढाेक,गढिमाई, पहाडी टाेल हुँदै बजनी चाैक ,सिमरा चोक हुँदै शोभा यात्रा पुर्ण जितपुरमा सम्पन्न भएको थियोे ।
उक्त शोभा यात्रामा बाज सहित ठूलठूला झण्डाहरु उचालिदै जय श्रीराम, जय श्रीराम, जय श्रीराम मय जितपुर बनेकाे थियोे ।