स्पर्श खबर जितपुर बारा चैत ५ गते :माध्यमिक शिक्षा परिक्षा (एसईई )मा प्रवेश पत्र बाहेकका सबै समाग्री निषेध गरेको छ ।
शिक्षा बिकास तथा समन्वय ईकाई बाराले परिक्षालाई स्वच्छ,निस्पक्ष तथा मर्यादित बनाउनका लागि प्रवेश पत्र बाहेक मोबाईल,किताब,गाईड लगायत चिट चोरीका लागि बिधार्थीले प्रयोग गर्ने सबै प्रकारका समाग्रीहरु पुर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ ।
ईकाई प्रमुख हेमराज खतिवडाले सोमबार एक पत्र जारी गरी परिक्षा केन्द्र भित्र भेटिएको मोबाईल समेत फिर्ता नहुने समेत जनाईएको छ । जिल्ला परिक्षा समन्वय समिति बाराको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
जिल्ला परिक्षा समन्वय समितिको अध्यक्ष र शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुखले जारी गरेको परिचयपत्र भए मात्र परिक्षा केन्द्र भित्र प्रवेश गर्न दिने परिचय पत्र नभएको खण्डमा जो सुकै भएपनि परिक्षा केन्द्र भित्र प्रवेश गर्न दिने पत्र मार्फत जानकारी गराईएको छ ।


