खसीको मासु भन्दै बाख्राको मासु बेचेको कसुरमा पटकपटक पक्राउ परेको जीतपुरका मासु पसले पुन: पक्राउ

मनाेज शाह जितपुर बारा चैत १ गते :

खसीको मासु भन्दै बाख्राको मासु बेचेको कसुरमा पटकपटक पक्राउ परेको जीतपुरका मासु पसले पुन: पक्राउ

मनाेज शाह जितपुर बारा चैत १ गते :

बाराका प्रमुख जिल्ला अधिकारीको टोलीले आज होली पर्वका दिन मासु पसलहरुको अनुगमन गर्दा जीतपुरसिमरा उपमहानगरपालिकामा खसीको मासु हो भनेर बाख्राको मासु बेच्ने तीन ओटा मासु पसलका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होलीकै दिन बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले बाख्राको मासुमा खसीको अण्डकोष लगाई बेच्ने तीन ओटा पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

अनुगमनको क्रममा जीतपुरको मुस्कान मासु पसल, प्रवेज मासु पसल र सिमराको शेख अयुब सिमरा मिट हाउसमा बाख्रीको मासुमा खसीको अण्डकोष लगाएर बेच्ने क्रममा ती मासु पसलेहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए। जीतपुरमा यो भन्दा पहिला पनि मुस्कान मिट हाउस र प्रबेज मीट हाउस बाट प्रहरीले बाख्राको मासुमा खसीको अण्डकोष लगाएर बेचिरहेको बेला पक्राउ गरेको थियो ।आम जनताको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता पसलेहरुमाथी कडा कार्वाही हुनुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

विगतमा पनि यी मासु विक्रेताहरुले मानव स्वास्थ्यसँग खेलवाड गर्दै बाख्राको मासु बेच्दा पक्राउ परेका थिए तर उचित कारवाही नहुँदा यस्तै कुकार्य गर्न ती पसलेहरुको मनोबल बढेको र पटक पटक आम नागरिकको स्वास्थ्यसंग खेलवाड गर्ने गरेका छन् । यस्ता पसलेहरु पक्राउ परे पनि प्रहरीले उचित कार्वाही नगर्दा पसलेहरुले पुनः बाख्राको मासु भनेर खसीको मासु बेच्ने मनोबल बढने गरेको एक जना स्थानीयले बताएको छ । यता होलीकै दिन बजार अनुगमनमा निस्केका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई स्थानीयहरुले धन्यवाद ज्ञापन गरेको छ ।चाडपर्वलाई मात्र लक्षित गरेर हुने बजार अनुगमनलाई नियमित रुपमा अनुगमन गर्न स्थानीयहरुले माग गरेका छन् ।