जितपुरमा सुबिधा सम्पन्न दि वेलनेस जिम,अध्यक्ष गुप्ताले गरे उद्घाटन

जितपुरमा सुबिधा सम्पन्न दि वेलनेस जिम,अध्यक्ष गुप्ताले गरे उद्घाटन

मनाेज शाह जितपुर बारा फाल्गुन १२ गते : बाराको जितपुरमा नयाँ जिम क्लब संचालनमा आएको छ । संचालक संजय साह जितपुरमा दि वेलनेस जिम सञ्चालनमा ल्याएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले उद्घाटन गरेसंगै ६० लाखको लागतमा निर्माण भएको सो फिटनेस क्लब संचालनमा आएको छ ।क्लब संचालनमा आएपछि शारिरीक व्यायम गर्नेहरुको लर्को लागेको छ । बिहान ५ बजेदेखि राति ८ बजेसम्म उक्त जिम खुलेको हुन्छ यो बीचमा जतिबेला पनि आएर जिम गर्न सकिन्छ संचालक संजय साहले जानकारी दिनुभएको छ ।

यो जिम क्लबले सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने संचालक साहले बताउनुभयो । जिमकाे उद्घाटन कार्यक्रममा बोल्दै वडा ७ का वडा अध्यक्ष गुप्ताले जिमले विशेष गरी यस क्षेत्रका युवाहरुको स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उहाँले भन्नुभयो, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई जिम क्लब आकर्षण बन्नेछ ।’ बताउँदै वडा अध्यक्ष गुप्ताले स्वास्थ्यका लागि फिटनेस सेन्टर महत्वपूर्ण रहने बताउनुभयो ।