यातायात व्यवस्था कार्यालयद्वारा राजस्व संकलनमा बृद्धि

मनाेज शाह जितपुर बारा माघ ३० गते:

यातायात व्यवस्था कार्यालय कलैया बाराले आर्थिक वार्षिक २०८१ /८२ मा रु. ४करोड ७६ लाख ६० हजार ९२७ संकलन गरेको छ। साउनदेखि माघसम्म कुलराजश्व रू. ४ करोड ७६ लाख ६० हजार ९२७ संकलन गरेको कार्यालय प्रमुख अबिन्दर दासले बताए। यातायात व्यवस्था कार्यालय बाराबाट ट्रक, बस , मोटरसाइकल , हेभी सवारी साधनहरुको लाइसेन्सहरूको नवीकरण गरिएको र नयाँ लाइसेन्सहरू वितरण गरेको कार्यालय प्रमुख दासले बताए।