प्रसाैनी  गाउँपालिकाको १६ हिउदे अधिवेशन सम्पन्न

प्रसाैनी  गाउँपालिकाको १६ हिउदे अधिवेशन सम्पन्न

मनोज शाह जितपुर बारा माघ २५ गते।

प्रसाैनी गाउँपालिकाको १६ आै हिउँदे अधिवेशन तथा गाउँसभा सम्पन्न भएको छ। चालु आर्थिक वर्ष २०८१/ ८२ मा गर्नुपर्ने योजनाहरूमा विभिन्न जटिलता र विवादले गर्दा ती योजना हुन नसकेको अवस्थामा ती योजनाका रकम राम्राकन्तर गरी अन्य योजनामा संशोधन गरी खर्च गर्ने प्रस्तावहरू समेत पारित भएको छ।  प्रसाैनी  गाउँपालिकाको सभा हलमा आयोजित गाउँसभामा प्रसाैनी गाउँपालिका अध्यक्ष बिनोदप्रसाद जयस्वालले बारा जिल्लामा प्रसाैनी गापाले थोरै तर ठूलो बजेटको योजनाहरू सञ्चालन गरेको बताए। बारामा १६ वटा स्थानीय तहमध्ये कुनै पालिकामा ५ करोडको योजना सञ्चालन नभएको तर प्रसाैनी गापामा यसै वर्ष ५ करोडभन्दा बढीको चार चारवटा योजना सञ्चालन भइरहेकोले गुणस्तरी विकासलाई मध्यनजर गर्दै कार्य भइरहेकोले जानकारी दिए । उनले ५ करोडभन्दा बढी भन्दा बढीका योजनामा प्रचण्ड बजारमा निर्माण भइरहेको रु ७ करोड बजेटको पार्टी प्यालेस निर्माण नौतन पोखरी समीकरण गर्न आन्तरिक पर्यटकलाई बढवा दिने गापाको नीति रहेको उनले जानकारी । गापा अध्यक्ष जयस्वालको अवस्थामा एवं स्वास्थ्य शाखा प्रमुख सुरेश शाहको सहजीकरणमा भएको १६ औ हिउँदे अधिवेशनमा स्वागत मन्तव्य सो गापाका प्रमुख प्रशासकी अधिकृत सतिश कुमार सिंहले गरेका थिए भने वडा नम्बर २ का सदस्य लालबाबु यादव वडा नम्बर ६ का अध्यक्ष बीच किशोर कुशवाहा वडा नम्बर ७ का अध्यक्ष इस्लामिया लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा गापा उपाध्यक्ष किरणदेवी १ नम्बर वडाका अध्यक्ष लालबाबु मुखिया बिन एवं अन्य वडाका वडा अध्यक्षहरू कार्यपालिकाका सदस्य सर्वसाधारण बुद्धिजीवी सञ्चारकर्मी लगायतको सहभागिता थियो।