अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सम्पन्न

मनाेज शाह जितपुर बारा माघ २४ गते:

अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सम्पन्न

अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयन तथा सहजीकरणका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई बाराले विहिबार परवानीपुर गाउँपालिकास्थित दिल्ली पब्लिक स्कुलमा आयोजना गरेको कार्यक्रममा जिल्लाका ७ पालिकाका सरोकारवालाहरु सहभागि थिए ।
शिक्षा विकास तथा समन्वय ईकाई बाराका प्रमूख मेघराज खतिवडाले अनिवार्य तथा निशुल्क शिक्षा ऐनले गरेका व्यवस्था, यसको कार्यान्वयनको चरणमा देखिन सक्ने समस्या तथा विद्यालय, पालिका, जनप्रतिनिधी र अन्य सरोकारवालाले खेल्नुपर्ने भूमिकाका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, पर्सौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकाका शिक्षा शाखाका प्रमूखहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु त्था जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।