मनाेज साह जितपुर बारा माघ १९ गते:
शक्ति युवा क्लबको आयोजनामा भोज भगत मावि सरसफाइ गरेको छ ।
बसन्त पन्चमीको पुर्व सन्ध्यामा क्लबले परवानीपुर गाउँपालिका ३ लिपनीमालमा रहेकोे श्री भोज भगत माविमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिका २१ लिपनीविर्तामा रहेको शक्ति युवा क्लबको आयोजनामा भोज भगत माविमा बृहत सरसफाइ कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
क्लबका वरिष्ठ उपाध्यक्ष संजय मण्डलको अध्यक्ष्तामा भएको सरसफाइ कार्यक्रममा उपाध्यक्ष दीपक यादव ,महासचिव ध्रुव प्रसाद साह ,कोषाध्यक्ष सोनालाल मण्डल , क्लबका सल्लाहकार मोबिन आलम , वडा अध्यक्ष इब्राहिम मिया , विद्यालयका प्रअ बलिराम सरार्फ सहितका क्लबका पदाधिकारी र सदस्यहरु सहभागीताअ रहेको थियो ।