दिल्लीस्थित नेपाली दूतावासले भन्यो– प्रयागराज भागदाैडमा नेपाली परेका छैनन्
भारतको प्रयागराजमा जारी महाकुभ्ममा बुधबार राति भागदाैड मच्चिँदा अहिलेसम्म मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूले गएराति १ बजेतिर भएको दुर्घटनामा २५ जनाको ज्यान गुमेको उल्लेख गरे पनि आधिकारिक आँकडा आउन अझै समय लाग्ने उल्लेख गरेका छन् ।
प्रयागराज कूम्भमा ठूलो संख्यामा नेपालीहरू पनि सहभागी भएका छन् । तर गए राति भएको भागदाैडमा अहिलेसम्म कोही पनि नेपाली परेको खबर नआएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।


