अबैध काठसहित एक जना पक्राउ

मनाेज शाह जितपुर बारा माघ ३ गते

पर्सागढी नगरपालिका वडा नं.२ छतवनटाँडी बाट साइकलमा लोड गरी ल्याउँदै गरेको अबैध काठसहित एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति वीरगंज महानगरपालिका वडा नं.२७ का ४१ वर्षीय बिरेन्द्र दास मुसहर रहेको डिभिजन बन कार्यालय पर्साका डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

गएराती बिशेष सुचनाको आधारमा बढनिहार सब डिभिजन बन कार्यालयबाट जमदार जित बहादुर तमाङ्गको नेतृत्वमा गएको बन गस्ती टोलीले साइकलमा लोड गरिएको ९.१६ क्युफिट अबैध साल काठ फेला पारेपछि दासलाई नियन्त्रणमा लिइएको हो।

बरामद काठसहित उनलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन बन कार्यालय पर्सामा बुझाईएको जमदार तमाङ्गले जानकारी दिए ।अबैध काठ ओसारपसारलाई नियन्त्रणमा लिन डिभिजन बन कार्यालय पर्साले बन गस्तीलाई तिब्र बनाएको छ ।