कलैया-१ बजारको माछामासु पसल वडा नं.६ को कृषि बजारमा व्यवस्थित तरिकाले संचालन गर्ने तयारी गरिएको छ। कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बजार संचालन हुने स्थलको आज प्रविधिक टोलि सहित अनुगमन गर्दै आवस्यक खाका तयार गर्न निर्देशन दिनु भयो। उक्त स्थानमा व्यवस्थित पशु वधशाला सहित एकत्रीत रुपले माछा-मासु पसल संचालन हुनेछ। सो अवसरमा प्र अ नाथु साह, नखेबिसका संयोजक एम.समिउल्लाह, वडा नं.१३ का अध्यक्ष राजेश महता खत्री, बारा उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, उपाध्यक्ष प्रदिप साह सचिव शिवजी यादव, प्राविधिकहरु सहभागी रहेका थिए।