कप्तानबाटै पीएसजीको आलोचना

कप्तानबाटै पीएसजीको आलोचना

कप्तानबाटै पीएसजीको आलोचना
काठमाडौँ —पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे ।

प्रतियोगिता सुरु हुनुअघि फेरि एकपल्ट पीएसजीको लक्ष्य उपाधि जित्ने नै थियो । तर चार खेलको समाप्तिमा फ्रान्सेली च्याम्पियन ३६ टिममध्ये २५ औं स्थानमा छ ।

यसपल्ट ८ चरणको खेलपछि पुछारमा रहेका १२ टिम प्रतियोगिताबाट बाहिरिने छन् । पीएसजीलाई अहिले यसकै पीर छ । ‘अहिले टिममा सुधार नै आइरहेको छैन, टिम सटिक र अचुक हुन सकेको छैन,’ मारक्विन्होले भने, ‘जतिबेला विपक्षी टिम बलियो हुन्छ, त्यतिबेला सानो भूलमा पनि त्यसको प्रतिफल डरलाग्दो हुन्छ ।’

पीएसजीले बायर्न र म्यानचेस्टर सिटी जस्ता बलिया टिमको अझै सामना गर्न बाँकी रहेको स्थितिमा छनोट निकै चुनौतीपूर्ण भएको छ । पछिल्लो च्याम्पियन्स लिगमा सेमिफाइनल पुगेको पीएसजी सन् २०२० को उप–विजेता हो । सभार कान्तिपुर । अहिलेसम्म टोलीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेको छैन ।