दुर्घटना हुँदा चालकको मृत्यु

रन्जित चाैधरी जितपुर बारा असार २१ गते:

हेटौडा–पथलैया सडकखण्डमा आज अपरान्ह ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौडाबाट सिमेन्ट लिएर चन्द्रनिगाहपुर जाँदै गरेको ना६ख २३११ नम्बरको ट्रक गुण्डु पुल नजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रकका चालक चन्द्रपुर नगरपालिका ४ चिडियादहका ३१ वर्षीय चन्द्रकान्त बैठा रहेको प्रहरीले जनाएको छ । राजमार्गबाट तल खसेर पल्टिएको ट्रकलाई क्रेनको सहयोगमा उठाउने प्रयास भईरहेको छ ।

प्रहरीका अनुसार ट्रकमा अन्य कोहि रहेनरहेको खुल्न बाँकी छ । सिमेन्ट बोकेको ट्रक अगाडी गुडिरहेको ना१ज २८८५ नम्बरको सुमोलाई ठक्कर दिएपछि अनियन्त्रित भएर पल्टिएको हो ।

ट्रकको ठक्करबाट सुमोमा सामान्य क्षति पुगेको छ । सुमोलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ ।