नेपाल प्रेस युनियन बारा शाखाद्रारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना

सदिप यादव कलैया असार १७ गते:

नेपाल प्रेस युनियन बारा शाखाद्रारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना

नेपाल प्रेस युनियन बारा शाखाले पत्रकार महासंघको कार्यालय अगाडी धर्ना दिएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले देशब्यापीरुपमा महासंघको कार्यालय अगाडी धर्ना दिने केन्द्रीय कार्यक्रम अनुसार युनियन बाराले धर्ना दिएको हो ।

उक्त धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघको जिल्ला र प्रदेशको अधिकार स्थापित गर, सदस्यता शुद्धिकरण विधान अनुसार गर, सदस्यता शुद्धिकरणमा गरिएको मनपरी अन्त्य गर, नेपाल पत्रकार महासंघको गरिमा कायम गर, विधान विपरितका गतिविधि तत्काल खारेज गर, व्यक्तिवादी सदस्यता सूची तत्काल खारेज गर र क्रियाशिल पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने षडयन्त्र तत्काल बन्द गर जस्ता नारा लेखिएको ब्यानर सहित धर्नामा बसेका थिए ।

नेपाल पत्रकार महासंघले सदस्यता विवाद टुङगो नलगाइ विधान विपरीत जबरजस्ती निर्वाचन गर्न खोजेपछि प्रेस युनियन केन्द्रीय कार्यालयले आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको थियो ।

जस अन्तर्गत चौबिस घण्टे ध्यानाकर्षण, महासंघको भवनमा तालाबन्दी एवं आज धर्ना दिने कार्यक्रम रहेको नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादबले जानकारी दिए ।

११ देखि १ बजे सम्म दुई घण्टा पत्रकार महासंघ बाराको कार्यालय अगाडी धर्नामा बसेको अध्यक्ष यादबले बताए ।

उक्त धर्ना कार्यक्रममा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरु प्रसाद गौतम, पुर्व कोषाध्यक्ष सिकेन्द्र पासवान, पुर्वसचिव जयनारायण यादव, प्रेस युनियनका उपाध्यक्ष वसन्त खतिवडा, कोषाध्यक्ष अरुण साह, सचिव राजेश कुशवाहा, जिल्ला कार्य समिति सदस्य प्रभु यादव, राहुल गुप्ता र सन्दिप प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघले त्रुटि नसच्चयाएसम्म आन्दोलन जारी रहने र केन्द्रीय निर्देशन अनुसार नेपाल प्रेस युनियन बारा शाखा अगाडि बढ्ने अध्यक्ष यादबले जानकारी दिए ।