अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टिल लि. सिमराको ९औं अधिवेशन सम्पन्न

अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टिल लि. सिमराको ९औं अधिवेशन सम्पन्न

रन्जित चौधरी, बारा, असार ८ गते :

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अवस्थित बहुचर्चित उद्योग हुलास स्टिल लिमिटेडमा अखिल नेपाल औद्योगिक मजदुर संघको ९ औं अधिवेशन आज सम्पन्न भएको छ । सोही अधिवेशनमा हुलास स्टिल लिमिटेड सिमराको आधिकारिक युनियन अखिल नेपाल मजदुर संघले १७ सदस्यीय हुलास स्टिल इकाई समिति सर्वसम्मतिले गठन गरेको छ ।

हुलास स्टिल लिमिटेड सिमराको आधिकारिक युनियन अखिल नेपाल मजदुर संघले गठन गरेको इकाई समितिको अध्यक्षमा प्रदीप गिरी चयन भएका छन् भने उपाध्यक्षमा युवराज खनाल र रामकिशोर झा चयन भएका छन् । यसैगरी सचिवमा ओमप्रकाश प्रसाद, कोषाध्यक्षमा मिनबहादुर चौधरी, सहसचिवमा जितबहादुर श्रेष्ठ र राजुप्रसाद अधिकारी चयन भएका छन् ।

बेनी तिमल्सिना, रामपुकार कामती, कृष्णप्रसाद पुडासैनी, डि. वी. थापा तथा लिला नेपालको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ३५० भन्दा बढी श्रमिकहरुको सहभागिता रहेको थियो ।