विद्यालय ब्यवस्थापन समितिले भवन मर्मतको नाममा समेत अनियमितता गरेको भन्दै अनियमितता गरेको रकम विद्यालयको खातामा फिर्ता गर्नुपर्ने माग

मनाेज शाह जितपुर बारा भदौ ६ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा -१० बेहरामा रहेको परमानन्द अधारभुत विद्यालयमा रिक्त अनुदान राहत कोटामा शिक्षक भर्ना अविलम्बको माग गर्दै सचेत नागरिकहरुले विद्यालयमा ज्ञापन पत्र बुझाएको छ । विद्यालयमा राहत कोटाको दरबन्दी खाली रहेकोले तुरुन्त प्रक्रिया अनुसार शिक्षक भर्ना गर्ने ज्ञापन पत्र मार्फत सचेत नागरिकहरुले विद्यालयलाई ध्यानाकर्षण गराएको छ … Read more

जितपुरसिमरा नगर उपप्रमुख अधिकारीको उपस्थितीमा शिक्षिका अधिकारीले गरिन् हाजिर

स्पर्श खबर जितपुर बारा साउन ३२ गते: जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भाला अधिकारीको उपस्थितीमा शिक्षिका अधिकारीले गरिन् हाजिर । लामो समयको विवाद र अन्तरविरोधपछि शिक्षिका सीता अधिकारीले सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हाजिर गरेकी छिन् । विद्यालयमा शुक्रबार बिहान जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको उपस्थितीमा भएको छलफलपछि विद्यालय व्यवस्थापन समिति अधिकारीलाई हाजिर गराउन सहमत भएको … Read more

२५ जनामा हैजा पुष्टि

काठमाडौं : देशभरि हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशभरि सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो। पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडीसीडीले … Read more

कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ विद्यार्थी फेल

काठमाडौं : कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्। परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ६८६ जना विद्यार्थीमध्ये १ लाख ८७ हजार २१ जना फेल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। प्रकाशित नतिजाअनुसार ९ हजार ५९१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। १०२ जनाको परीक्षा भने … Read more

केयर भिजन स्पेलिङ बि कम्पेटिसन पहिलो सिल्ड उचाल्दै जीतपुर पब्लिक स्कुल ।

स्पर्श खबर जितपुर बारा साउन १२ गते: केयर भिजन स्पेलिङ बि कम्पेटिसन पहिलो सिल्ड उचाल्दै जीतपुर पब्लिक स्कुल भएको छ । जीतपुरसिमरा नगरमा प्रथम केयर भिजन स्पेलिङ बि कम्पेटिसन सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रममा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो । केयर भिजन … Read more

बाराका सामुदायिक विद्यालयमा ११५९ ओटा दरबन्दी अझै अपुग

बाराका सामुदायिक विद्यालयमा ११५९ ओटा दरबन्दी अझै अपुग मनाेज शाह जितपुर बारा श्रवण १ गते: बारा जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा शिक्षकको दरबन्दी अपुग रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बाराले उपलब्ध गराएको तथ्यांक अनुसार बाराका सामुदायिक विद्यालयहरुमा ११५९ ओटा शिक्षक दरबन्दी अपुग रहेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाराको अनुसार … Read more

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

स्पर्श खबर जितपुर बारा असार १३ गते: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने … Read more

आज एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

स्पर्श खबर जितपुर बारा असार १२ गते: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताइएको छ । नतिजामा … Read more

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

स्पर्श खबर जितपुर बारा असार २ गते: नयाँ प्रणालीका कारण नतिजामा पनि फेरबदल आउने राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साता प्रकाशन गर्ने गरी गृहकार्य अघि बढाएको छ । परीक्षा लिएको मितिअनुसार दोस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डले जनाएको छ । १५ चैतदेखि सुरु भएको एसइईमा देशभरका दुई हजार ६४ परीक्षा … Read more

जितपसरसिमरा  बिधालयलाइ  घटुवा गर्ने बाटाे खुल्यो 

जितपसरसिमरा  बिधालयलाइ  घटुवा गर्ने बाटाे खुल्यो

मनाेज शाह जितपुर बारा जेठ ३१ गते :

बारा जिल्लाकाे     जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा समितिले गत ७ जेठमा विद्यालयलाई घटुवा र समायोजन सम्बन्धि गरेको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

शिक्षा समितिले गरेको निर्णय विरुद्ध जीतपुरसिमरा वडा नं. १६ कतर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगााप्रसाद मैनालीले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता गरेका थिए ।

मुद्दामा ३० जेठमा चढेको पेशीमा भएको बहसपछि अन्तरिक आदेश जारी गर्नुनपर्ने आदेश भएको छ । त्यसअघि २५ जेठमा लिखित जवाफ पेश गर्न उपमहागरलाई आदेश भएको थियो भने तत्काललाई निर्णय कार्यान्वयन नगर्न, नगराउन उत्प्रेषण परमादेश जारी भएको थियो ।

उपमहानगरबाट बहस गरेकी अधिवक्ता विद्या कटुवालका अनुसार उच्च अदालतको संयुक्त इजलासले माननिस न्यायधिश गणेश ठाकुर र खडानन्द तिवारीले अन्तरिक आदेश जारी गर्नुनपर्ने आदेश भएसँगै निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ ।