पर्साका जनता पिडित बन्दै

पर्साका जनता पिडित बन्दै
मनाेज शाह जितपुर बारा जेठ १५ गते:
पर्साका जनता पिडित बन्दै गइरहेको छ । पर्सा जिल्लाकाे पटेर्वासुगाैली गाउपालिका गदिमा सञ्चालित शिवम् लेयर्स फार्म प्राइभेट लिमिटेडका कारण स्थानीय पिडित बन्दै गइरहेको छ ।पटेर्वासुगाैली गाउपालिका हजारौं जनताहरु कष्टकर जीवन बिताउन बाध्य छन् ।कुखुरा उत्पादनकाे फार्माबाट उत्पन्न हुने वायु प्रदुषण तथा झिगा भन्किदा यस क्षेत्रका आसपासका जनताको दैनिकीमा समस्या भएको छ । “आफ्नो वडाका जनताको लागि ठाेस निर्यण गर्ने छाै र हामी पनि फार्माकाे प्रत्यक्ष पिडित छाै”- पटेर्वासुगाैली गाउपालिकाका वडा अध्यक्ष दिनेश चाैधरीले स्पर्श खबरलाई बताए । “हामी गाउले कतिचाेटी फार्म जान्छाै तर जनताको कुनै पनि कुरा सुन्दैन संचालकपक्षले”- महम्द नाैसाद आलमले बताए । “अब हामी मृत्युको अवस्थामा आइपुगेका छाै अब हामी फार्मा बन्द गरेरै छाेडछाै”- आलमले बताए । ५०- ६० वर्ष देखि हामी बस्दै आइरहेका छा‌ै तर अहिले आएर कुखुरा फार्मा खुलेपछि हामी बस्ने बध्य भएका छाै बिटु चाैधरीले दु: खसाे पोखे ।यता फार्मका मनेजर राज किसाेर चाैधरी सँग कुरा गर्दा हेड अफिसमा कुरा गर्नुस् भनी नम्बर दिएका थिए तर सो नम्बरमा फाेन सम्पर्क भएन ।