परवानीपुर गाउँ कार्यपालिकाको न्यायिक समितिमा जम्मा २७ ओटा मात्रै मुद्दा  दर्ता

परवानीपुर गाउँ कार्यपालिकाको न्यायिक समितिमा जम्मा २७ ओटा मात्रै मुद्दा  दर्ता

मनोज कुमार शाह, जीतपुर बारा, चैत्र 3 गते

बाराको परवानीपुर गाउँपालिका अन्तर्गतको गाउँ कार्यपालिकाको न्यायिक समितिको कार्यालयमा आ.व. ७९/८० मा कुल ११ ओटा मात्रै मुद्दाहरु दर्ता भएको त्यहाँका न्यायिक समिति सचिवालय सदस्य राम कुमार सोनलले स्पर्श खबरलाई जानकारी दिएका छन् । आ.व.७९/८० मा दर्ता भएका ११ ओटा मुद्दाहरुमध्ये सबै मुद्दाहरु जग्गा विवादसम्बन्धी रहेको र ती मध्ये ५ ओटा मात्रै मुद्दाको टुङ्गो लागेको तथा ६ ओटा मुद्दाहरु फर्छ्यौट हुन बाँकी रहेको परवानीपुर गाउँपालिकाको उपाध्यक्ष एवम् न्यायिक समितिको संयोजक सुगन्धी देवी कनुइनले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

यसैगरी आ.व. ८०/८१ मा १६ ओटा मात्रै मुद्दाहरु दर्ता भएको र ती सबै जग्गासम्बन्धी मुद्दा रहेको त्यहाँका न्यायिक समितिको संयोजक तथा परवानीपुर गाउँपालिकाको उपाध्यक्ष सुगन्धी देवी कनुइनले जानकारी दिनुभयो । दर्ता भएका १६ ओटा मुद्दाहरुमध्ये २ ओटा मुद्दाहरु मात्रै टुङ्गो लागेको तथा १४ ओटा मुद्दाहरु अझै फर्छ्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आ.व.७९/८० देखि ८०/८१ भित्र कुल २७ ओटा मुद्दाहरु मात्रै दर्ता भएको र सबै मुद्दाहरु जग्गा विवादसम्बन्धी रहेको परवानीपुर गाउँपालिकाको उपाध्यक्षले स्पर्श खबरलाई जानकारी दिनुभएको छ ।