धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

कात्तिक ५-

धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

“धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।” भूकम्पको धक्का धादिङ, चितवन,नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।