नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन, साउन १८–

नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय महिलालाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार महिलाको बिहान ८ः३६ बजेको समयमा मृत्यु भएको हो । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हामफालेकी महिलाको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ ।