युवालाई एकजुट गर्दै राजबहादुर थापा ‘काजी’, भोलि जीतपुरसिमरामा प्रथम GEN-Z अधिवेशन
स्पर्श खबर जितपुर बारा मंसिर ४ गते:
जीतपुरसिमरा। युवाहरूको एकता, सहकार्य र नयाँ नेतृत्व विकास गर्ने उद्देश्यसहित भोलि मंसिर ५ गते जीतपुरसिमरामा प्रथम GEN-Z अधिवेशन आयोजना हुने भएको छ।
जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष राजबहादुर थापा ‘काजी’ ले सम्पूर्ण GEN-Z टिम तथा युवाहरूलाई अधिवेशनमा अनिवार्य उपस्थित हुन हार्दिक आग्रह गरेका छन्।
अधिवेशन युवाहरूबीच एकता कायम गर्ने, नयाँ सोच र विचारलाई अगाडि बढाउने तथा युवा नेतृत्वलाई थप सशक्त बनाउने महत्वपूर्ण अवसर भएको अध्यक्ष थापा ‘काजी’ को भनाइ छ।
उनले युवाहरूको सक्रिय सहभागिता र गरिमामय उपस्थितिले अधिवेशनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।मंसिर ५ गते दिउँसो १ बजे सिमरा प्याराडाइज हाेटल हाम्रो एकता, हाम्रो आवाज, हाम्रो नेतृत्व” भन्ने नारासहित आयोजना हुन लागेको अधिवेशनमा सम्पूर्ण युवाहरूलाई एकजुट भएर सहभागी हुन आह्वान गरिएको छ।