उपत्यकामा ट्राफिकको कडा एक्सन : २४ घण्टामै ७२३ चालक कारबाहीमा
काठमाडौं मंसिर ४ गते:काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध प्रहरीले कडाइ गरेको छ। पछिल्लो २४ घण्टामा मात्रै ७२३ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।
शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५८ जना र सीसीटीभी निगरानीबाट २५ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, रातोबत्ती उल्लंघन गर्ने २० जना, तीव्र गतिमा सवारी चलाउने १३२ जना, हर्न निषेध उल्लंघन गर्ने ६ जना, सवारीको अवस्था ठीक नभएका ६ जना र लेन क्रस गर्ने २ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा ४७३ जना चालक कारबाहीमा परेका छन्।