लालका पुल छठघाटमा सभामुख डीपी अर्याल, छठ पर्वको रौनक अवलोकन

लालका पुल छठघाटमा सभामुख डीपी अर्याल, छठ पर्वको रौनक अवलोकन
स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते:

बाराको जितपुरस्थित लालका पुल छठघाटमा सभामुख डोलप्रसाद (डीपी) अर्याल पुग्नुभएको छ। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठका अवसरमा उहाँले छठघाटको अवलोकन गर्दै व्रतालु तथा श्रद्धालु भक्तजनसँग भेटघाट गर्नुभएको हो।


छठ पर्वको अवसरमा लालका पुल छठघाटमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिका बीच सभामुख अर्यालको उपस्थितिले छठघाटको माहोल थप विशेष बनेको थियो।