छठ पर्वको अवसरमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा

छठ पर्वको अवसरमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा
काठमाडौं कार्तिक २७ गते: छठ पर्वको अवसरमा नेपाल सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल कात्तिक २९ गते आइतबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ।


छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
सूर्यदेवको उपासना गरी मनाइने छठ पर्वको समापनका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गर्ने परम्परालाई मध्यनजर गर्दै सरकारले थप एक दिन बिदा दिएको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।