कांग्रेसको पालिका अधिवेशन आज, देशभर नेतृत्व चयन हुँदै
काठमाडौं असाेज ७ गते:
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। अधिवेशनमार्फत स्थानीय तहमा नयाँ सांगठनिक संरचना निर्माण गर्दै नेतृत्व चयन गरिनेछ।
कांग्रेसका अधिकांश वडामा शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ। बाढीपहिरो प्रभावित रसुवामा भने केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको छ।
नयाँ विधानअनुसार पालिका कार्यसमितिमा सभापति, एक महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच पदाधिकारी निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यबाट मनोनयन गर्ने व्यवस्था छ।